तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा | Khabarhub Khabarhub

तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह भर्न र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सुदृढीकरण अभियान सञ्चालन गर्न लागिएको पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिए । उनका अनुसार अभियानका क्रममा वडास्तरसम्म भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । सुदृढीकरण अभियानका क्रममा पार्टी एकता तथा सरकारले गरेका राम्रा कामको प्रचारप्रसारसमेत गराइनेछ ।

बैठकले मिर्गौला प्रत्यारोपण गराउनुभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै कोरानो भाइरसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष सिग्देलले बताए ।

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवं पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङले अभियानलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गरे । पार्टी र सरकारको विषयमा विपक्षीले फैलाएको भ्रम चिर्दै जनतामा सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपाका केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर चुमानले जिल्लाका १० वटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ६ : ५५ बजे

आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य संघको कार्यालयबाट

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आफ्नो सेवा आजदेखि सुरु गरेको

काँकरभिट्टा नाका : आयात बढ्दा र निर्यात घट्यो

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो दुई महिनामा पूर्वीनाका

करिब २ सय ३६ किलोग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ

बारा– जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो

‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल हिँड्नुपर्ने

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति

तीन सचिवको सरूवा, रक्षाका दंगाललाई गृहमा ल्याइयो

काठमाडौँ- तीनजना सचिवहरूको सरूवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्