तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा « Khabarhub

तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह भर्न र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सुदृढीकरण अभियान सञ्चालन गर्न लागिएको पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिए । उनका अनुसार अभियानका क्रममा वडास्तरसम्म भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । सुदृढीकरण अभियानका क्रममा पार्टी एकता तथा सरकारले गरेका राम्रा कामको प्रचारप्रसारसमेत गराइनेछ ।

बैठकले मिर्गौला प्रत्यारोपण गराउनुभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै कोरानो भाइरसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष सिग्देलले बताए ।

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवं पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङले अभियानलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गरे । पार्टी र सरकारको विषयमा विपक्षीले फैलाएको भ्रम चिर्दै जनतामा सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपाका केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर चुमानले जिल्लाका १० वटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ६ : ५५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको