एभर्टनको पोस्टमा चेल्सीको ४ गोल « Khabarhub

एभर्टनको पोस्टमा चेल्सीको ४ गोल


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जीत हात पारेको छ । चेल्सीले एभर्टनको पोस्टमा ४ गोल हानेको थियो । एभर्टनले भने चेल्सीविरुद्ध गोल गर्न सकेन ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीको शानदार जीतमा मासोन माउन्ट, पेड्रो, विलियन र ओलिभर जेरुडले एक एक गोल गरे ।

घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा चेल्सीले १४ औं मिनेटमा माउन्टको गोलबाट अग्रता बनाएको थियो । २१ औं मिनेटमा पेड्रोले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

खेलको ५१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५४ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।

एभर्टनविरुद्धको खेलमा चेल्सीका १८ वर्षे मिडफिल्डर टिनो अन्जोरिनले प्रिमियर लिगमा डेब्यु गरे । खेलको ७१ औं मिनेटमा उनी विलियनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै चेल्सीले २९ खेलबाट ४८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । ३७ अंक जोडेको एभर्टन १२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : १४ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी