गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात « Khabarhub

गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए ।

नेपाल औषधि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले हल्ला गरिएजस्तो औषधि अभाव नरहेको तर पछिल्लो समय मास्कको मूल्य केही वृद्धि भएको बताए ।

उनले केही औषधि भन्सारमा रोकिए पनि डर मान्नुपर्ने अवस्था नरहेको जानकारी दिए । उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन पोखरेलले पोखराको निजी क्षेत्र कोरना भाइरसविरुद्धका सबैखाले अभियानमा सहकार्य गर्न तयार रहेको बताए ।

उनले बजारमा खाद्य सामग्री तथा औषधिको अभाव हुन नदिन तथा आपूर्ति प्रणाली सहज बनाउनेतर्फ सङ्घले सबै सरोकारवाला निकायसँग सहकार्य गरेको उल्लेख गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले कोरना भाइरसविरुद्धको सचेतना अभियानलाई चुस्त बनाउँदै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट कोरोनाबारे जानकारी दिँदै डा राजीव लालचनले भाइरलको उपचार एण्टिबायोटिकबाट सम्भव नभएको हुँदा यसबारे सचेतना अपनाउन सबैसँग आग्रह गरे ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्माले व्यवसायीलाई सङ्कटको बेला उपभोक्ता भएर हेर्न आग्रह गरे ।

औषधि व्यवसायी कृष्ण पाण्डे, औषधि व्यवसायी सङ्घ अध्यक्ष विक्रम पन्त, औषधि व्यवसायीका केन्द्रीय सदस्य टङ्क अधिकारी, उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य रामबहादुर केसीलगायतले कोरोनाविरुद्धको प्रभावकारी सचेतना अभियान चलाउन सरोकारवालासँग आग्रह गरे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ४८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच