मोबाइलको डिस्प्ले कोरिएर खत्तम भयो ? यसरी बनाउँनोस् टूथपेष्टबाट बिग्रिएको डिस्प्ले « Khabarhub

मोबाइलको डिस्प्ले कोरिएर खत्तम भयो ? यसरी बनाउँनोस् टूथपेष्टबाट बिग्रिएको डिस्प्ले


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मोबाइलको डिस्प्ले कोरिएर बनाउँन जान भ्याइएको हुन्न ।

भ्याइहाले पनि कतिपयसँग पैसा पनि हुन्न । हिजोआजको अधिकांश समय स्मार्टफोनमा  कुराकानी गर्न मात्र होईन की गेम खेल्नदेखि च्याटिंग गर्नसम्म प्रयोग गर्ने गर्दछन् ।

तर पनि स्मार्टफोनको सुरक्षा र प्रयोगमा ध्यान दिँदैनन् । बिग्रिहाले बनाउन भन्नेवित्तिकै सकिदैन ।

फोन जतिपुरानो भयो त्यति स्क्रीनमा स्क्य्राचहरु हुने गर्दछन्। तर फोनमा देखिएको स्क्य्राच सामान्य तरिकाले र आफैंले पनि हटाउन सकिन्छ र स्क्रीनलाई नयाँ फोनको जस्तै चम्काउन सकिन्छ।

तपाईँले यी उपायहरु प्रयोग गर्नुभयो भने स्मार्टफोनको स्क्रीन नयाँ फोनको जस्तै देखिन्छ । यसरी बनाउनुहोस स्मार्टफोनको स्क्रीन नयाँ जस्तै –

-स्मार्टफोनको स्क्रीन चम्काउनका लागि सबैभन्दा पहिले तपाईँले बजारमा उपलब्ध सामान्य किसिमको ह्वाइट टूथपेष्ट (मञ्जन) किनेर ल्याउनुपर्ने हुन्छ वा घरमा नै रहेको ह्वाइट टूथपेष्टको प्रयोग गर्न सकिन्छ।

-त्यसपछि चम्काउनुपर्ने स्मार्टफोनलाई सफा कटन कपडाले राम्रोसँग पुछ्नुहोस् । स्क्रीन पुछ्नको लागि अन्य प्रकारका कपडाहरु प्रयोग गर्नुस् ।

-तपाईँले ल्याएको टूथपेष्ट अब आफ्नो हातको एउटा औंलामा लगाउनुहोस्।

-सो टूथपेष्ट तपाईँको स्मार्टफोनमा बिस्तारै दल्नुहोस् । तर ध्यान रहोस स्मार्टफोनको साइडमा भने यो प्रयोग नगर्नुस् ।

-स्मार्टफोनमा टूथपेष्टसहित केहि बेरसम्म मसाज गरेजस्तै हलुकारुपमा औंलालाई चलाउनुहोस्।

-तपाईँको स्मार्टफोनको स्क्रीनको पुरै भागमा यो प्रकृया सकेपछि फेरी कटन कपडाले सो स्क्रीनलाई राम्रोसँग सफा गर्नुहोस् ।

यतिगरेपछि तपाईँको स्मार्टफोनको स्क्रीन यसअघिको भन्दा चम्किलो र आकर्षक देखिन्छ, जसले गर्दा फोन नयाँ किनेको जस्तै हुन्छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ५८ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन