कोरोनाभाइरसले इटालीमा ३६६ को मृत्यु, संक्रमित २५ प्रतिशतले बढे « Khabarhub

कोरोनाभाइरसले इटालीमा ३६६ को मृत्यु, संक्रमित २५ प्रतिशतले बढे


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसले इटालीमा एकैदिन १ सय ३३ जनाको मृत्यु भएपछि मृतकको संख्या ३ सय ६६ पुगेको छ ।

उपचारारत ६ हजार ३ सय ८७ मध्ये ६ सय ५० जना सिकिस्त बिरामी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमित हुनेको संख्या पनि २५ प्रतिशतले बढेको छ । शनिबारसम्म ५ हजार ८ सय ८३ जनामा संक्रमण देखिएकोमा आइतबार साँझसम्म ७ हजार ३ सय ७५ जना मानिसमा संक्रमण देखिएको छ ।

अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखेको छ ।

इटालीको उत्तरी क्षेत्रसहित १४ प्रान्तका एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको हो ।

अप्रिल ३ सम्मका लागि अनिवार्य गरिएको क्वारेन्टाइनबाट बाहिर जान परे विशेष अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : २३ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा