कोरोनाभाइरसले इटालीमा ३६६ को मृत्यु, संक्रमित २५ प्रतिशतले बढे « Khabarhub

कोरोनाभाइरसले इटालीमा ३६६ को मृत्यु, संक्रमित २५ प्रतिशतले बढे


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसले इटालीमा एकैदिन १ सय ३३ जनाको मृत्यु भएपछि मृतकको संख्या ३ सय ६६ पुगेको छ ।

उपचारारत ६ हजार ३ सय ८७ मध्ये ६ सय ५० जना सिकिस्त बिरामी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमित हुनेको संख्या पनि २५ प्रतिशतले बढेको छ । शनिबारसम्म ५ हजार ८ सय ८३ जनामा संक्रमण देखिएकोमा आइतबार साँझसम्म ७ हजार ३ सय ७५ जना मानिसमा संक्रमण देखिएको छ ।

अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखेको छ ।

इटालीको उत्तरी क्षेत्रसहित १४ प्रान्तका एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको हो ।

अप्रिल ३ सम्मका लागि अनिवार्य गरिएको क्वारेन्टाइनबाट बाहिर जान परे विशेष अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : २३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन