झापाको कुमरखोदमा स्वास्थ्य सहायता कक्ष « Khabarhub

झापाको कुमरखोदमा स्वास्थ्य सहायता कक्ष


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दक्षिणी क्षेत्र नेपाल–भारत सीमा कुमरखोदमा कोरोनाभाइरस (कोभिड–१९) भित्रन नदिन स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरिएको छ ।

झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गरिन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले कोरोनाभाइरसको जोखिम रोक्न स्वास्थ्य कक्ष स्थापना गरिएको जानकारी दिए ।

सो कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतले पनि डिगलबैंकमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको जनाइएको छ ।

कोरोनाभाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदान–प्रदानसमेत गरेका छन् ।

उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : ३९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको