चितवनमा दुर्घटना, एकको मृत्यु, ११ जना घाइते « Khabarhub

चितवनमा दुर्घटना, एकको मृत्यु, ११ जना घाइते


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन –  चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले आइतबार राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का ठाकुर पौडेलको मृत्यु भएको हो ।

पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना ५ ख ९६२२ नम्बरको ट्रकमा कटारीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५९२ नम्बरको बस सोमबार बिहान ठक्कर खाएको थियो ।

ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक एक जनासहित  ११ घाइते भएको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : ४९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको