नियमित खानपानसँगै हिँडडुल र व्यायाम गर्दै प्रधानमन्त्री ओली « Khabarhub

नियमित खानपानसँगै हिँडडुल र व्यायाम गर्दै प्रधानमन्त्री ओली


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाइएको छ ।

मिर्गौला प्रत्यारोपण गरेको छैठौं दिन (सोमबार) एक विज्ञप्ती जारी गर्दै त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आइरहेको जनाएको हो ।

अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाइएअनुसार प्रधानमन्त्री ओलीको अहिले नियमित खानपानसँगै हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ ।

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आउँदै गएका कारण छिट्टै डिस्चार्ज हुने जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबारसम्म प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरी सरकारी निवास सारिने सम्भावना रहेको जानकारी दिएका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने भान्जा नता पर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्यस्थिति राम्रो भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ४ : १८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच