नियमित खानपानसँगै हिँडडुल र व्यायाम गर्दै प्रधानमन्त्री ओली « Khabarhub

नियमित खानपानसँगै हिँडडुल र व्यायाम गर्दै प्रधानमन्त्री ओली


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाइएको छ ।

मिर्गौला प्रत्यारोपण गरेको छैठौं दिन (सोमबार) एक विज्ञप्ती जारी गर्दै त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आइरहेको जनाएको हो ।

अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाइएअनुसार प्रधानमन्त्री ओलीको अहिले नियमित खानपानसँगै हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ ।

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आउँदै गएका कारण छिट्टै डिस्चार्ज हुने जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबारसम्म प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरी सरकारी निवास सारिने सम्भावना रहेको जानकारी दिएका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने भान्जा नता पर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्यस्थिति राम्रो भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ४ : १८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको