कृषिको विकासका लागि संघ र प्रदेशबीच पाँच बुँदे समझदारी « Khabarhub

कृषिको विकासका लागि संघ र प्रदेशबीच पाँच बुँदे समझदारी


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- संघीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच पाँच बुँदे समझदारी भएको छ । दुई दिन संघीय मन्त्री र प्रदेशमन्त्रीबीच भएको छलफलले उक्त समझदारी भएको हो ।

कृषिमन्त्री घनश्याम भुसालले सातवटै प्रदेशका कृषिमन्त्रीसँग नेपालको कृषि क्षेत्रमा दीर्घकालीन विकासका लागि प्रदेशका विभागीय मन्त्रीसँग सुझाव लिन दुई दिने बैठक आयोजना गरेका थिए ।

बैठकले नेपालको कृषिको विकासका लागि पाँच बुँदे समझदारी कायम गरेको बताइएको छ । बैठकले कृषि विकासका लागि संघीय र प्रादेशिक मन्त्रालयबीच योजना, कार्यक्रम, बजेट निर्माण समन्वयात्मक ढङ्गले गरिने पहिलो समझदारी कायम गरेको छ ।

यसैगरी समझदारीको दोस्रो बुँदामा कृषि विकासका योजना र कार्यक्रम कार्यान्वयनमा आवश्यक सहकार्य गर्ने, तेस्रो बुँदामा कृषि क्षेत्रको संरक्षण र विकासका लागि तिनै तहका सरकारबाट प्रदान गरिने सेवासुविधा, स्रोत परिचालनमा एकरुपता कायम गरिने समझदारी भएको छ ।

त्यस्तै चौथो बुँदामा कृषि नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा संघ र प्रदेश सरकारबीच मन्त्री र सचिवस्तरीय संयन्त्र बनाउने, पाँचौँ बुँदामा तिनै तहका सरकारबीच समन्वय र सहकार्य गर्न छिटै स्थानीय तहसँग समन्वय बैठक गर्ने समझदारी भएको छ ।

मन्त्री भुसालले संघ (प्रदेश स्थानीय तहबीच समन्वय गरेर कृषिको विकासका आगामी योजना, नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सरकारका मन्त्रीसँग सुझाव लिएका हुन् ।

राष्ट्रिय पूँजीको विकासमा योगदान दिने हिसाबले तीनै तहका सरकारबीच आवश्यक सहकार्य तथा समन्वय गरेर निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कृषि मन्त्रालयले योजना बनाइरहेको छ ।

बैठकमा प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री प्रदेश १ का राम राना, प्रदेश २ का शैलेन्द्र साह, वाग्मती प्रदेशका दावा दोर्जे लामा, गण्डकी प्रदेशका लेखबहादुर थापा, प्रदेश ५ का आरती पौडेल, कर्णाली प्रदेशका बिनिता देवी चौधरी र सुदूरपश्चिम प्रदेशका विमला केसीको सहभागिता थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : ४५ बजे

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको