बजेटअनुसारको विकास जनतासामु पुग्न सकेनः मुख्यमन्त्री शाही « Khabarhub

बजेटअनुसारको विकास जनतासामु पुग्न सकेनः मुख्यमन्त्री शाही


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटअनुसारको विकास जनताको पहुँचसम्म पुग्न नसकेको बताएका छन् ।

आज जिल्ला समन्वय समिति रुकुम पश्चिमको चौथो जिल्लासभामा उनले उपभोक्ताको नाममा विकास माग्ने प्रवृत्तिले नै जनताको पुहँचमा विकास पुग्न नसकेको बताए ।

जनताको विकासका लागि छुट्याइएको बजेट व्यक्ति विशेष हुनपुग्दा बजेटको दुरुपयोग हुने गरेको मुख्यमन्त्री शाहीको भनाइ छ । मुुलुक सङ्घीयतामा गइसक्दा पनि पुरानै परिपाटीअनुरुप बजेटको परिचालन र परियोजना बन्ने गर्दा जनताको समृद्धिमा परिवर्तन आउन नसेकेको उनले बताए ।

अधिकांश परियोजना कार्यान्वयन नहुनु तथा विभिन्न भौतिक पूर्वाधारलगायत सिँचाइ र खानेपानीसमेत जनताको घरदैलोमा पुग्न नसक्नु अहिलेको समस्या रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

“जनताको आर्थिक समृद्धि र तीव्र विकासका लागि जनताकै भावना र अपेक्षाअनुसार अगाडि बढ्उनुपर्छ,” उनले भने ।

मुख्यमन्त्री शाहीले अबको बजेटमा महिला र बालबालिकाको स्तरवृद्धि गर्ने विभिन्न कार्यक्रम र परियोजना स्थानीय सरकारले ल्याउनुपर्नेमा सुझाव दिए ।

जिल्लासभामा जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको छ । दुई दिनसम्म चल्ने जिल्लासभा तथा गोष्ठीमा जिल्लाको बजेट तथा आगामी कार्यक्रम अनुमोदन लगायतको छलफल हुने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : २५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी