कतारमा कोरोनाको सन्त्रासः अत्यावश्यकबाहेक भेटघाट नगर्न नेपालीहरुलाई दूतावासको अपिल « Khabarhub

कतारमा कोरोनाको सन्त्रासः अत्यावश्यकबाहेक भेटघाट नगर्न नेपालीहरुलाई दूतावासको अपिल


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

दूतावासले आज एक सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बोहक भेटघाट नगर्न आग्रह गरेको हो । कतार सरकाले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ ।

दूतावासबाट प्रवाह हुने सेवाका बारेमा जानकारी दिन परेमा नियोगमा उपस्थिति हुनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । कोरोना सङ्क्रमणका विषयमा सम्बन्धित निकायबाट थप जानकारी प्राप्त हुनासाथ सबैलाई सूचित गराइने दूतावासले जनाएको छ । कतारमा करिब चार लाखको सङ्ख्यामा नेपाली कार्यरत रहेको सरकारको तथ्याङ्क छ ।

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयलद्वारा प्रकाशित पछिल्लो तथ्याङ्क अनुसार तीन आप्रवासीसहित १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको दूतावासले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतारले नेपाललगायत विभिन्न १४ मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई आजदेखि अस्थायी रोक लगाएको छ ।

बङ्गलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, उत्तर कोरिया, श्रीलङ्का र थाइल्याण्डका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाइएको कतारको सरकारी सञ्चार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ३९ बजे

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्