कोरोना भाइरसको प्रकोप : पोर्चुगलका राष्ट्रपतिलाई १४ दिन क्वारेन्टाइनमा राखिने « Khabarhub

कोरोना भाइरसको प्रकोप : पोर्चुगलका राष्ट्रपतिलाई १४ दिन क्वारेन्टाइनमा राखिने


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– कोरोना भाइरस प्रकोपको चिन्ता बढिरहेका बेला पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसालाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।

पोर्चुगिज राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई निजि निवासमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जनाएको हो ।

उक्त विज्ञप्तिमा राष्ट्रपतिले मुलुकको उत्तरी भेगका विद्यार्थीलाई भेटेको र पछि ती विद्यार्थी मध्ये एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि राष्ट्रपतिलाई क्वारेन्टाइनमा राख्नु परेको जनाइएको छ ।

स्वास्थ्य अधिकारीको सल्लाह स्वीकार गर्दै राष्ट्रपतिले क्वारेन्टाइनमा बस्न तयार भएको जनाइएको छ । उनले सबै सार्वजनिक कार्यक्रममा भाग नलिने समेत भएका छन् । यद्यपि उनमा कोरोना भाइरसको कुनै किसिमको लक्षण भने देखिएको छैन ।

त्यहाँ विश्वभर फैलिएको कोरोना भाइरसको ३० जनामा संक्रमण देखा परिसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ५६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर