कोरोना भाइरसः अमेरिकामा एकैदिन १,८२७ को मृत्यु, २६ हजार ७ सय बढी संक्रमित « Khabarhub

कोरोना भाइरसः अमेरिकामा एकैदिन १,८२७ को मृत्यु, २६ हजार ७ सय बढी संक्रमित


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८२७ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ६६८ पुगेको छ ।

अमेरिकामा एकैदिन २६ हजार ७७६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख २७ हजार १०१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २२ हजार ३१४ जना उपचारपछि निको भएका छन् । ९ हजार २ सय ३४ जनाको अवस्था गम्भीर रहेको । ३ लाख ९० हजार ११९ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ३३४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख ९ हजार ६७८ पुगेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ५ : ४७ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना