कोरोना भाइरसले फ्रान्समा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसले फ्रान्समा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो


२७ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा तीव्र देखिएको छ । युरोपकै पहिलो कोरोना भाइरस संक्रमित देश फ्रान्स यतिबेला कोरोना भाइरसको संक्रमणले आक्रान्त बनेको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले नियमित तथ्याङ्क दिने क्रममा मंगलबार साँझसम्म जम्मा १ लाख १२ हजार ९५० जनामा संक्रमण पुष्टि भैसकेको जानकारी दिएको हो ।

कोरोनाभाईरसको कारण १० हजार ८ सय ६९ जनाको मृत्यु भैसकेको जानकारी दिएको छ। त्यस्तै, करिब २२ हजार संक्रमितहरु कोरोना भाइरसको सफल उपचारपछि घर फर्किसकेको पनि फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको छ।

फ्रान्समा हाल करिब ८० हजार कोरोना भाइरसको संक्रमितको अस्पतालमा उपचार भैरहेको छ जसमध्धे ७ हजार १ सय ४८ जनाको अवस्था नाजुक रहेको छ।

सोमबार २४ घण्टामा मात्रै फ्रान्समा १०३२८ नयाँ कोरोनाभाइरस संक्रमित थपिएका थियो भने १४०७ जनाको मृत्यु भएको थियो जुन फ्रान्सको हालसम्मकै उच्च हो।

सन् २०१९ डिसेम्बर महिनामा चीनको बुहान प्रान्तको हुबे शहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९_ को संक्रमण अहिले संसारको २०९ बटा देशमा फैलिसकेको छ।

पहिले चीनमात्र प्रभावित भएको यो महामारीले अहिले इटाली, स्पेन, फ्रान्स, जर्मनी लगायत युरोपेली देशहरु हुँदै अमेरिकामा बिकराल रुप लिदै गएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ६ : १० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई