लकडाउनको मौका छोपेर गहना पसलमा लुटपाट गर्ने व्यक्ति पक्राउ « Khabarhub

लकडाउनको मौका छोपेर गहना पसलमा लुटपाट गर्ने व्यक्ति पक्राउ


२७ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सरकारले कोरोना भाइरसको संक्रमण रोक्न जारी गरेको लकडाउनको मौका छोपेर गहना पसल लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार मध्यरातिको समयमा कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित बिनोद कुमार बर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी गहना पसलमा लुटपाट भएको थियो ।

गहना पसलमा लुटपाट भएको सूचना पाएलगत्तै परिचालन भएको प्रहरीले बिहीबार बिहान १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीको कारागार रोडमा डेरा गरी बस्ने ४५ वर्षीय पप्पु गुप्ता छन् ।

प्रहरीका अनुसार गुप्ताले प्रिया सुनचाँदी गहना पसल अगाडि नै केही वर्ष पहिलेदेखि फलफूल बेच्ने ठेला राख्दै आएका थिए ।

प्रहरीले गुप्ताको डेरामा छापा मारी पानीको ड्रममा लुकाएको अवस्थमा लुटिएका गहनाहरु बरामद गरेको छ ।

प्रहरीका अनुसार गुप्ताले अन्य केही व्यक्तिको सहयोगमा लुटपाट गरेको बताएका छन् । प्रहरीले गुप्ताको बयानका आधारमा अन्य केही व्यक्तिलाई समेत पक्राउ गरेपनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ११ : २७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ