कोरोनाभाइरस संक्रमण: भारतको कुन राज्यमा कतिले गुमाए ज्यान ? « Khabarhub

कोरोनाभाइरस संक्रमण: भारतको कुन राज्यमा कतिले गुमाए ज्यान ?


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।

बिहीबार मध्याह्नसम्मको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ ।

भारतमा ५ हजार ९१६ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।

महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार १३५ जना पुगेको बताइएको छ ।

पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी सङ्क्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका सङ्क्रमितहरुको संख्या १ हजार १३५ पुगेको बताइएको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो ।

ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।

भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ५४० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्ला केही दिनमा यतिधेरै विरामी भेटिन थालेका हुन् । हिजो पनि त्यहाँ ७४३ जना संक्रमित भेटिएका अधिकारीहरुको भनाई छ ।

भारतमा ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसरी हेर्दा अहिले पनि भारतमा ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ९५ जना विरामी अस्पतालमा छन् ।

गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १७ रहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

यसरी भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको  नवभारत टाइम्सले भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाएो छ ।।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना सङक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ ।

त्यसपछिका बढी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका सङ्क्रमितको संख्या ६६९ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १२ : ५० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन