पहिलो पटक रोकियो बिस्केट जात्रा, औपचारिक पूजा मात्र गर्ने निर्णय « Khabarhub

पहिलो पटक रोकियो बिस्केट जात्रा, औपचारिक पूजा मात्र गर्ने निर्णय


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- आज साँझबाट सुरु हुने भक्तपुरको विश्व प्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै औपचारिक पूजामा मात्र सीमित हुने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले जात्रासँग सम्बन्धित सम्पूर्ण सरोकारवालासँग छलफल गरेर यस वर्ष बिस्केट जात्रालाई औपचारिक पूजामा सीमित गर्ने निर्णय गरेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ लाई मध्यनजर गरी जात्रामा हुन सक्ने सम्भावित जोखिमबाट बच्नको लागि यसपालिको जात्रा भीडभाड नगरी औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय बैठकले लिएको जानकारी दिए ।

प्रमुख प्रजापतिले सरकारले लकडाउन गरिरहेको समय बैशाख ३ गते सम्म तोकिएको बताउदैँ सोही अवधि भित्र जात्रा भएकोले औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय भएकोले आवश्यक काममा बाहेका घरबाट बाहिर ननिस्कन आग्रह गरे ।

भक्तपुरका जनतालाई कोरोना भाइरस संक्रमण जोखिमलाई ध्यानमा राखेर यो बर्षको बिस्का जात्रा घरमै बसी पूजा गर्न पनि आग्रह गर्ने निर्णय बैठकले लिएको छ ।

यो बर्ष कुनै पनि देवीदेवताहरु देवघर तथा मन्दिरबाट बाहिर ननिकाल्ने र मन्दिर तथा देवघर (द्यःछेँ) भित्रै औपचारिक सामान्य पूजा गरि बिस्केट जात्रा मनाउने गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी उपरीक्षक सविन प्रधान, भनपाका वडाअध्यक्षहरु, गुठी संस्थानका प्रमुख, सबै जात्राका सम्वन्धित प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

ईतिहास मै पहिलोपटक यसवर्ष यो जात्रा रोकिएर औपचारिक पूजामा मात्रै सिमित हुने भएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  २ : १८ बजे

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा

सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा पुगे कुलमान

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज भूमिहीन सुकुम्बासीहरूसँग