कोभिड-१९ लाई राजनीतिकीकरण नगर्न विश्व स्वास्थ्य संगठन प्रमुखको आग्रह « Khabarhub

कोभिड-१९ लाई राजनीतिकीकरण नगर्न विश्व स्वास्थ्य संगठन प्रमुखको आग्रह


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड १९ लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।  उनले एकताबद्ध हुन आह्वानसमेत गरेका छन् ।

महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डब्ल्यूएचओका कामको बचाउ गरेर कोभिड-१९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले चीनको समर्थन गरेको भन्दै आक्रोश पोखेका थिए ।

ट्रम्पले  राष्ट्रसङ्घीय निकायलाई पैसा दिन रोक्नेबारे आफूले सोच्ने बताएका थिए। डब्ल्यूएचओ ‘धेरै चीन-केन्द्रीत’ भएको आरोप लगाउँदै ट्रम्पले उनीहरूले महामारीविरूद्ध कामलाई फिका साबित गरिदिएको बताएका थिए।

उनी भन्छन्: “हामी सबै देशको नजिक छौँ र रङ्गको आधारमा कसैलाई विभेद गरेका छैनौँ।” उक्त पत्रकार सम्मेलनमा उपस्थित अमेरिकी विदेशमन्त्री समेतले डब्ल्यूएचओलाई दिने पैसा बारे ‘पुर्नमुल्याङ्कन’ भइरहेको बताए।

“संस्थाहरूले काम गर्नुपर्छ। आफूले गर्नुपर्ने कामका नतिजा तिनले दिन सक्नुपर्छ,” पोम्पेओले भने।

ट्रम्पले उक्त सङ्गठनले “आफ्ना सही प्राथमिकता पहिल्याउन सक्नुपर्ने” बताउँदै उसलाई आर्थिक सहायता दिइरहनेबारे एउटा अध्ययन गरेर निर्णय लिइने बताए ।

ट्रम्पलाई जवाफ दिएझैँ देखिनेगरी गेहब्रेयससले भने: “सबैभन्दा शक्तिशालीले अगाडिको बाटो देखाउने हो र कृपया अहिले कोभिड-१९ राजनीतिलाई क्वारन्टीनमा राखौँ।”

कोभिड-१९ सबैभन्दा पहिले गत डिसेम्बर महिनामा चीनको वूहान शहरमा देखिएको थियो। त्यहाँ ११ साताको लकडाउन हालै अन्त्य गरिएको छ।

डब्ल्यूएचओका प्रमुख एकजना सल्लाहकारले यसअघि रोगको सुरुवाती चरण बुझ्न चीनसँगको निकट कार्य ‘वास्तवमै आवश्यक’ रहेको जनाएका थिए।

अमेरिकाले डब्ल्यूएचओको समग्र बजेटमा १५ प्रतिसत योगदान दिनेगरेको उक्त सङ्गठनको विवरणले देखाउँछ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ३ : १७ बजे

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी

नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ शान्तिनगरमा एक युवती

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४