फिफा वरियतामा नेपाल यथावत् रहन सफल « Khabarhub

फिफा वरियतामा नेपाल यथावत् रहन सफल


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । भुटान १८९औं स्थानमा छ भने बङ्गलादेश १८७औं स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औं स्थानमा रहँदा श्रीलङ्का २०६औं स्थानमा रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ४ : ३३ बजे

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी

काठमाडौं– स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाहरूले नेकपा एमालेका नेता महेश बस्नेतप्रति

रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ

कञ्चनपुरको मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा