राष्ट्रिय युवा परिषद्ले काेराेनाबारे चेतना फैलाउन युवा परिचालन गर्ने « Khabarhub

राष्ट्रिय युवा परिषद्ले काेराेनाबारे चेतना फैलाउन युवा परिचालन गर्ने


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय युवा परिषद्ले कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सचेतना जगाउन युवा परिचालन गर्ने भएको छ ।

वडा, नगर, प्रदेश र सङ्घीयस्तरमा गठित युवा क्लब सञ्जालमा आबद्ध युवाले आ–आफ्नो क्षेत्रमा सम्बन्धित सरकारसँग समन्वय गरी स्वयंसेवकीय भूमिका निर्वाह गर्ने गरी युवा परिचालन गर्न थालेको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला युवा समितिका अध्यक्ष र युवा क्लब सञ्जाललगायत अन्य सबै सञ्जालका सदस्य स्वयंसेवी रुपमा परिचालन हुने छन् । ७७ जिल्लामा रहेका युवा सञ्जालमा रहेका छन् । उनले कोरोना रोकथाममा जनचेतना जगाउन करिब तीन हजार युवा परिचालन हुने जानकारी दिए ।

स्वयंसेवीले विश्व स्वास्थ्य सङ्गठन तथा आधिकारिक स्वास्थ्य संस्थाबाट जारी सूचना र निर्देशनको पालना गर्न सर्वसाधारणलाई सचेत गराउने, कोभिड–१९ को प्रभावबाट जोगिनका लागि स्वास्थ्यकर्मीद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी सर्वस्वीकार्य उपायको पालना गर्ने र सर्वसाधारणलाई यसको पूर्ण पालना गर्न अनुरोध गर्ने छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट आमनागरिकलाई बचाउन नेपाल सरकारले आ–आफ्नो घर बसी सुरक्षित रहन गरेको आह्वानसहितको लकडाउन सहयोग पुग्ने गरी आमनागरिकलाई अनुरोध गर्ने, हालै विदेशबाट आएका व्यक्तिको पहिचान गरी स्वास्थ्य जाँच गर्न सघाउने र ती व्यक्तिको विवरण स्थानीय तहलाई उपलब्ध गराउने, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको लगत सङ्कलन, स्क्रिनिङ र आवश्यकतानुसार क्वारेन्टाइन वा आइसोलेशनमा पठाउनुपर्दाको समयमा उनीहरुलाई आवश्यक परामर्श गर्न र यस कार्यका लागि स्थानीय सरकार वा समुदायलाई आवश्यक समन्वय स्वयंसेवीले गर्नेछन् ।

यसैगरी सार्वजनिकस्थलमा भीडभाड गर्न नदिने र खाद्यान्न भण्डार तथा औषधि पसलमा एकैचोटी ग्राहकको ठूलो भीड हुन नदिई पालो वा कुपन प्रथाबाट पालैपालो सेवा दिने वातावरण निर्माणका लागि सहजीकरणसमेत गर्ने छन् ।

यस्तै स्वयंसेवीले गाउँटोलमा कुनै बिरामी परेको भए निजलाई छिटोभन्दा छिटो नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा लैजाने, यदि तत्काल समस्या परेमा नजिकको प्रहरी चौकी, वडा कार्यालय तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग सम्पर्क तथा समन्वय गर्ने, लकडाउनका अवधिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति नियमित गर्ने कार्यमा सरकारी, सहकारी तथा निजी क्षेत्रलाई सघाउने जस्ता कार्य गर्नेछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ५ : २८ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व