सुदूरपश्चिममा स्वास्थ्यकर्मीको १५ लाख बीमा, अति विपन्नलाई ३ हजार राहत « Khabarhub

सुदूरपश्चिममा स्वास्थ्यकर्मीको १५ लाख बीमा, अति विपन्नलाई ३ हजार राहत


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाभाइरस संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई १५ लाख रुपैयाँ बराबरको बीमा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले ल्याएको स्वास्थ्यकर्मीको बीमा योजनामा प्रदेशका तर्फबाट १५ लाख उपलब्ध गराउने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले स्वास्थ्यकर्मीका लागि संघीय सरकारले गर्ने बीमामा प्रदेश सरकारले थप १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बताए।

यसै गरी बिहीबार बसेको मन्त्री परिषदको बैठकले अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागि हरेक परिवारलाई ३ हजार उपलब्ध गराउने गरी १६ करोड बजेट छुट्याएको छ।

‘अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारलाई ३ हजारका दरले राहत दिइने छ’, मन्त्री शाहले भने, ‘प्रदेश सरकारले स्थानीय तहलाई १६ करोड सहयोग गर्ने छ ।’

मन्त्रिपरिषद् बैठकले प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको विमा गर्ने निर्णय गरेको छ । संघीय सरकारले गरेको विमामा थप १५ लाखको विमा गर्ने मन्त्री शाहले जानकारी दिए । ‘संघीय सरकारले ल्याएको स्वास्थ्यकर्मीको विमामा प्रदेश सरकारले १५ लाख थप्ने निर्णय भएको छ’, प्रवक्ता शाहले भने ।

प्रदेशका विभिन्न जिल्लाका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने निर्णय भएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले कोरोना रोग नियन्त्ररण र व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय भएको छ ।

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको लागी १५ लाखका दरले रकम उपलब्ध गर्ने भएको छ । कोरोना रोग व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । मन्त्रlपरिषद् बैठकले कोष सञ्चालन निर्देशिका र राहत वितरण मापदण्ड पारित गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : ५० बजे

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री