काठमाडौं – अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २२९ जनाको मृत्यु भएको छ भने ३ हजार २६२ जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार २९९ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६० हजार ११७ पुगेको छ ।
१ लाख ६८ हजार ४०८ जना उपचारपछि निको भएका छन् ।
६५ हजार ४१० जना उपचाररत छन् । त्यसमध्ये २ हजार ७५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया