लियोनल मेस्सीसहितका खेलाडी अभ्यासमा फर्किए « Khabarhub

लियोनल मेस्सीसहितका खेलाडी अभ्यासमा फर्किए


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लियोनल मेस्सीसहित बार्सिलोनाका उनका साथी अभ्यासमा फर्किएका छन् । उनीहरु शुक्रबारदेखि नै व्यक्तिगत प्रशिक्षणमा फर्किएका हुन् ।

लिग आयोजक ला लिगाले खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण रहे-नरहेको थाहा पाउनका लागि परीक्षण गरेपछि उनीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्ये एक स्पेन सरकारले संक्रमण नियन्त्रणमा आउने क्रम जारी रहेपछि लकडाउन खुकुलो पार्दै लगेको छ ।

सोही क्रममा रोकिएको लिग सुरु गर्नका लागि व्यक्तिगत प्रशिक्षण थालिएको हो । आउँदो जुनमा बन्द रंगशाला अर्थात दर्शकको उपस्थिति बिना नै ला लिगा फुटबलको यो सिजनका बाँकी खेलहरु गर्ने तयारी छ ।

ला लिगा सुरु गर्नका लागि चार चरणका रणनीति छन् । पहिलो चरणमा तालिमका लागि तयारी, त्यसपछि व्यक्तिगत प्रशिक्षण, समूहगत प्रशिक्षण र एकीकृत टिम प्रशिक्षण हुने छ ।

जर्मन बुण्डेस लिगा फुटबल यहि मे १६ देखि सुरु हुने निश्चित भइसकेको छ र ला लिगाले पनि तयारी तीव्र बनाएको हो ।

त्यसका लागि खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गर्नु भन्दा दुई दिन पहिला परीक्षण गर्नु पर्छ । यस्तै प्रशिक्षणमा सहयोग गर्ने क्लोचिङ्ग स्टाफ र क्लबका कामदारको पनि परीक्षण गरिन्छ । संक्रमण देखिने व्यक्ति र उसको सम्पर्कमा आएका व्यक्ति आइसोलेशनमा बस्नु पर्छ । संक्रमण नदेखिएका खेलाडीले व्यक्तिगत प्रशिक्षण गर्न पाउने छन् ।

तेस्रो चरणमा टिमका खेलाडीले ८ जनाको समूहमा बाँडेर प्रशिक्षण गराइने छ । चौथो चरणमा पूर्ण टिमको पूर्ण प्रशिक्षण गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : २७ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई