स्पेनी लिगका ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

स्पेनी लिगका ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) परीक्षणको क्रममा स्पेनिस लिगका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्पेनमा फुटबल सुचारु गर्ने उद्देश्यसहित कोरोना परीक्षण गरिँदा ला लिगाका ३ जना र दोस्रो श्रेणीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

स्पेनिस ला लिगा आयोजकले तत्कालका लागि कुन खेलाडीलाई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको भन्ने खुलाएको छैन । तर, खेलाडीमा नै संक्रमण देखिएपछि लिग चाँडै सुचारु हुने सम्भावनामा धक्का लागेको छ ।

अझै पनि केही टोलीको कोरोना परीक्षण बाँकी रहेको अवस्थामा ला लिगाले सबै परीक्षण सकिएपछि मात्रै फुटबल सुचारु गर्ने या रद्द गर्ने भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।

आरएसीले खेलाडीको नाम सार्वजनिक नगरेपनि क्याटलान बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिडका कुनै पनि खेलाडीलाई कोरोना संक्रमण नभएको पक्का गरेको छ । बार्सिलोना र रियलका खेलाडी सबैको परीक्षण नेगेटिभ आएपछि क्लबले शुक्रबारदेखि प्रशिक्षण थालिसकेका छन् । ला लिगाले एक क्लबबाट कम्तीमा पनि ३० खेलाडीको कोरोना परीक्षण गर्नेछन् ।

उनीहरूका कोरोना नेगेटिभ देखिए प्रशिक्षणमा सामेल हुन पाउनेछन् । कोरोना पोजटिभ देखिने खेलाडी क्वारेन्टिमा बस्नुपर्नेछ । यो चार चरणमा हुनेछ । पहिलो चरणमा कोरोना परीक्षण, दोस्रो चरणको एकान्त प्रशिक्षण, तेस्रो चरणमा समूह प्रशिक्षण र चौथो चरणमा टिमसँग पूर्ण प्रशिक्षणमा सामेल हुन पाउनेछ । यसअघि भ्यालेन्सियाका पाँच खेलाडीमा संक्रमण देखिए पनि उनीहरू ठीक भइसकेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : ३९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा