जडिबुटी सङ्कलन केन्द्रमै अलपत्र « Khabarhub

जडिबुटी सङ्कलन केन्द्रमै अलपत्र


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्युठानका ग्रामीण समुदायको प्रत्यक्ष आम्दानीको स्रोत जडिबुटी अलपत्र परेका छन् । लाखौंको मूल्यमा खरीद भएको तेजपात र दालचिनी बन्दाबन्दीले बिक्री नभएपछि संकलन केन्द्रमै दुई महिनादेखि थन्किएको छ ।

स्थानीय कृषकबाट प्रतिकेजी रु ३२ का दरले खरीद गरी लिइएको ६० क्विन्टल तेजपात र प्रतिकेजी. रु ८५ का दरले खरीद गरिएको १५ क्विन्टल दालचिनी मल्लरानी गाउँपालिका २ चुदरीखोलाको संकलन केन्द्र र स्थानीय व्यापारीको कोठामा थन्किएको स्थानीयवासीले बताएका छन् । बन्दाबन्दीका समयमा बजार नपाउने भएपछि केही कृषकले जडिबुटी संकलन नगर्दा बोटमै खेर गएको छ ।

बारी तथा निजी वनमा रहेका दालचिनी, काउलो, टिमुर, रिठ्ठो र दारुहल्दी (चुत्रो) का बोक्रा संकलन तथा बिक्री गरी स्थानीयवासीको आयआर्जन तथा रोजगारमा वृद्धि भएको थियो । बारीका कान्ला र निजी वनमा उत्पादन भएका सुगन्धित तथा औषधिका गुण भएका पैदावार बन्दाबन्दीका कारण संकलन केन्द्रमै थन्किएपछि कृषकलाई समस्या भएको छ ।

भुल्के चुदरीखोला सामुदायिक वनले निर्माण गरेको संकलन केन्द्र तथा स्थानीय व्यापारीले संकलन गरेको ६० क्विन्टल तेजपात र १५ क्विन्टल दालचिनी(बोक्रा) भण्डारमै थन्किएको संकलक नारायण बुढाथोकीले जानकारी दिए ।

गत वर्ष करीब १९० क्विन्टल तेजपात र दालचिनी बिक्री भएको चुदरीखोलामा यस वर्ष ४० प्रतिशत संकलन भए पनि जिल्ला बाहिर निकासी गर्न सकिएको छैन । ‘जडिबुटी खरिद गरेर राखेका छौँ’, बुढाथोकीले भने ।

रिठ्ठा तथा अन्य जडिबुटी काउलो, दारुहल्दी, पाखनवेद र सुगन्धकोकिला(मालागेडी) बन्दाबन्दीका कारण संकलन नै भएको छैन । दालचिनीको पात र बोक्रा निकाल्ने समय फागुन, चैत र वैशाख महिना भए पनि संकलनका समयमा नै बन्दाबन्दी भएपछि बिक्री नहुने आशंकामा संकलन नगरिएको कृषक उमबहादुर बुढाथोकीले बताए । यस वर्षका अधिकांश तेजपात र दालचिनी बोटमै छन् ।

निजी जग्गाबाट संकलित जडिबुटीबाट गत वर्ष प्रतिघरपरिवार रु ३० हजारदेखि रु एक लाख २० हजारसम्म वार्षिक आम्दानी गर्ने करीब दुई सय कृषकको यस वर्ष आम्दानी गुमेको छ । वार्षिक रुपमा करीब ३५–३५ टन तेजपात र दालचिनी, ३० टन रिठ्ठा, पाँच टन काउलो, दुई टन पाखनवेद र एक टन सुगन्धकोकिला प्युठानबाट निकासी भएकामा यस वर्ष हुन नसकेको डिभिजन वन कार्यालय प्युठानका रेञ्जर हरि पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १ : ०० बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका