खगोलशास्त्रीहरू बृहस्पति ग्रहको ‘असाधारण’ नयाँ तस्वीर खिच्न सफल « Khabarhub

खगोलशास्त्रीहरू बृहस्पति ग्रहको ‘असाधारण’ नयाँ तस्वीर खिच्न सफल


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन्। तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ।

उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ ।

त्यस्तो स्पष्ट तस्वीर खिच्न वैज्ञानिकहरूले “लक्की इमेजिङ” भन्ने प्रविधि प्रयोग गरेका थिए। जसले पृथ्वीको हलचलयुक्त वायुमण्डलका कारण तस्वीर धमिलो तुल्याउने प्रभाव हटाइदिएको थियो।

यो उपायबाट एकै पटक थुप्रै तस्वीरहरू खिचिन्छ र हलचल असाध्यै कम भएका तस्वीरहरू मात्र निकालिन्छ। जब सबै तस्वीरहरू एक ठाउँमा राखेर राम्रो राम्रो अंशहरू जोडेर नयाँ तस्वीर बनाइन्छ, त्यस्तो तस्वीर एक पटक खिचिएको तस्वीरभन्दा निकै पृथक हुन्छ।

बृहस्पतिको वायुमण्डलमाथि रहेको पातलो बादल र तुवाँलोभित्र इन्फ्रारेड किरणमा हबल जस्तो टेलिस्कोपले तस्वीर खिच्दा वैज्ञानिकहरूलाई उक्त ग्रहको भित्री भागसम्मको दृष्य उपलब्ध गराउन सक्छ।

अनुसन्धानकर्ताहरू यो ग्यासले बनेको विशाल ग्रहको मौसम प्रणाली कसरी विकसित हुन्छ भन्ने जान्न चाहन्छन्। खासगरी यो ग्रहमा उत्पन्न हुने विशाल आँधीबारे उनीहरूको गहिरो चासो छ।

ती आँधीहरूको चक्र दशकौँ र कहिलेकाहीँ त शताब्दीयौँसम्म कायम रहने गरेको छ।

इन्फ्रारेड तस्वीर खिच्न सफल यो अध्ययनको नेतृत्व क्यालिफोर्निया एट बर्कले विश्वविद्यालयले गरेको छ।

यो अध्ययन सूर्यबाट पाँचौ टाढा रहेको ग्रहमा चक्कर लगाइरहेका हबल र जुनो अन्तरिक्ष यान लगायतको अध्ययन गर्न बनाइएको संयुक्त कार्यक्रमको एक अंश हो।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : २६ बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको