भारतबाट फर्किएका थिए कपिलवस्तुका तीन संक्रमित « Khabarhub

भारतबाट फर्किएका थिए कपिलवस्तुका तीन संक्रमित


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

मायादेवी र शुद्धोधन गाउँपालिकाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवीले निर्माण गरेको क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मायादेवी– २ अभिराव र –८ बिजुवाका १८ वर्षीय दुई तथा शुद्धोधन– ६ कर्माका १७ वर्षीय एक युवामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि मायादेवी र शुद्धोधनका दुई युवकमा संक्रमण देखिएको थियो । संक्रमित तीनै जना मुम्बईको फरकफरक कम्पनीमा काम गर्दै आएका थिए ।

फरक ठाउँमा काम गर्ने भए पनि नेपाल फर्किदा सँगै आएका थिए । समूहमा कोको थिए भन्ने कुरा अझै खुलेको छैन । शुद्धोधनका युवा सीधै भारतबाट मायादेवीको क्वारेन्टिनमा आएर बसेको वडाध्यक्ष विजयबहादुर यादवले बताए ।

ती युवकसँगै मायादेवी –ं ८ विजुवाका अर्का युवकसँगै आएको बताइएको छ । ती युवक घरमा परिवारसँग बसेर खाना खाएर क्वारेन्टिनमा गएको वडा नं ८ का वडाध्यक्ष कृष्णनारायण तिवारीले बताए ।

अहिले परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा लैजाने र थप जानकारी लिने कार्य भइरहेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए ।

तीनै जनाको स्वास्थ्यावस्था सामान्य रहेको मायादेवीका स्वास्थ्य संयोजक महेन्द्र यादवले जानकारी दिए ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङलगायत पत्ता लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा यदुचन्द्र घिमिरेको नेतृत्वमा चार सदस्यीय टोली कपिलवस्तु पुगेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ४ : १३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष