प्रहरीमाथि हातपात गर्ने चिनियाँ विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी « Khabarhub

प्रहरीमाथि हातपात गर्ने चिनियाँ विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देश फिर्तीको माग गर्दै शुक्रबार सिंहदरबार अगाडी प्रदर्शनमा उत्रिएका चार चिनियाँ नागरिकमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ ।

शुक्रबार प्रदर्शनका क्रममा उनीहरु प्रहरीमाथि जाइलागेका थिए ।

पक्राउ परेका ४७ जनामध्ये ४२ जनालाई शुक्रवार राति नै छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र राठोरले जानकारी दिए ।

प्रहरीमाथि हातपात गरिएका कारण चार जनामाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिएको उनले बताए ।

निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिकलाई हटाउन खोज्दा उनीहरु प्रहरीमाथि जाइलागेका थिए ।

प्रहरीको बर्दी तान्ने र हातपाता उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस क्रममा भएको झडपमा परी केही चिनियाँ सहित प्रहरी अधिकारीसमेत घाइते भएका थिए ।

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतको टाउकोमा चोट लागेको थियो।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : ४८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष