सीमा मिचिँदा थाहा नपाएझैं गरी चुप बस्नु लम्पसारवादी प्रवृत्ति : नेविसंघ « Khabarhub

सीमा मिचिँदा थाहा नपाएझैं गरी चुप बस्नु लम्पसारवादी प्रवृत्ति : नेविसंघ


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको भूमि लिपुलेक हुँदै भारतले चीनको मानसरोवर पुग्ने सडक निर्माण गरी उद्घाटन गर्दा पनि सरकार चुप बसेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले आरोप लगाएको छ ।

सीमा मिचिँदा पनि थाहा नपाएझैं गरी चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले थप शसंकित बनाएको नेविसंघले जनाएको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानले शनिवार एक विज्ञप्ति जारी गर्दै चुनावका बेला राष्ट्रियताको नारा दिएको सरकारको अहिलेको प्रवृत्ति लम्पसारवादी भएको आरोप लगाएको छ ।

‘आफ्नो सीमा मिचिँदा पनि थाहा नपाएझैं गरी चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले हामीलाई थप शसंकित बनाएको छ। चुनावका समयमा राष्ट्रियताका ठूला र खोक्रा नारा दिने यो सरकारको अहिलेको लम्पसारवादी प्रवृत्ति भारतको मिचाह प्रवृत्तिभन्दा पनि खतरनाक छ,’ ढुंगानाले निकाले विज्ञप्तिमा भनिएको छ।

कुटनीतिक पहल गरी उक्त कार्य रोक्न लगाउन पनि नेविसंघले माग गरेको छ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ३० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष