आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नुपर्ने ! « Khabarhub

आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नुपर्ने !


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनका समयमा चल्ने सवारी साधन अब तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने भएका छन् ।

आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नु पर्ने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सबै कार्यालय वा संस्थाका सवारी साधन तोकिएको समयमा मात्र चलाउन पाइने छ । अर्थात समय हेरेर मात्र सवारी साधान चलाउन पाइने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको लकडाउनका समयमा सरकारले सञ्चालन अनुमति दिएका कार्यालय, संस्था र सेवाका सवारी साधन तोकिएको समयमा मात्र सञ्चालन गर्न मिल्ने ढकालले खबरहबलाई जानकारी दिए ।

एक तिहाइ कर्मचारी मात्र कार्यालयमा हुने भनेर सरकारले निर्णय गरेको हुनाले उनीहरुलाई सरकारी कार्यालय प्रवेशका लागि विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका घर फर्कनका लागि ५ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको उनले जानकारी दिए । त्यस्तै तरकारी र अन्य खाद्यवस्तुवाहक सावरीसाधन विहान १० बजे अघि सञ्चालन गर्नुपर्ने छ ।

ढकालका अनुसार वैंक र वित्तिय संस्थाका सवारी साधन विहान ९ बजेदेखि साढे १० बजेसम्म र घरफर्कनका लागि अपराह्न साढे ३ बजेदेखि ५ बजेसम्मको समयमा निर्धारण गरिएको छ ।

निर्माण सामाग्री बोकेको हकमा मालबाहक ट्रक/टिपरहरु बेलुका ८ बजेपछि र विहान ६ बजेसम्म उपत्यका छिर्न पाउने ढकालले जानकारी दिए ।

पानी र औषधि बोकेका सवारी भने दिनभर सञ्चालन हुन पाउने ढकालले खबरहबलाई जानकारी दिए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ६ : २९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष