चितवन – चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालले फेसबुकमार्फत दिएको जानकारी अनुसार उनको मंगलबार विहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको हो । ६८ वर्षीय ति व्यक्तिलाई नारायणी सामुदायिक अस्पतालको आइसीयूबाट भरतपुर अस्पतालको आइसीयूमा सोमबार साँझ सारिएको थियो ।
भरतपुर महानगरपालिका-११ का ती व्यक्तिलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । मृत्यु भएका व्यक्तिमा सुगर, प्रेसर तथा निमोनियाको पनि समस्या देखिएको अस्पतालले जनाएको छ । उनको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
प्रतिक्रिया