विदेशबाट फर्काएका नेपालीलाई राख्न ७० थान बहुपयोगी बेड, १० ठाउँमा सेन्सरयुक्त धारा « Khabarhub

विदेशबाट फर्काएका नेपालीलाई राख्न ७० थान बहुपयोगी बेड, १० ठाउँमा सेन्सरयुक्त धारा


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशबाट फर्काएका नेपालीलाई राख्न व्यवस्थापन गरिएका भक्तपुरका दुई होल्डिङ सेन्टरमा प्रयोग गर्न चुची फाउण्डेशनले ७० थान शय्या (बेड) प्रदान गरेको छ ।

जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गणका गणपति शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्व भट्टराईको संयुक्त टोलीलाई बेड हस्तान्तरण गरिएको हो ।

चुची फाउण्डेशन भक्तपुरका प्रतिनिधि एलिसा अवालवासी र सञ्जय अवालले उक्त सामग्री हस्तान्तरण गए । बस्नका लागि दुई जनासम्मलाई कुर्सीको रूपमा र सुत्न परेमा बेडको रुपमा प्रयोग गर्न सकिने, आवश्यकता पर्दा सजिलै पट्याएर अन्य ठाउँमा लैजान सकिने बहुपयोगी उक्त बेड होल्डिङ सेन्टरलाई प्रदान गरिएको हो ।

प्राप्त ७० थान बेडमध्ये ५० नेपाली सेना र २० नेपाल प्रहरीले प्रयोगमा ल्याएका छन् । जिल्लामा कुनै पनि विपद्का बेलामा प्रयोगमा ल्याउने गरी यी बेडहरु विपद् व्यवस्थापन समितिमातहत रहनेछन् ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी भक्तपुरले जिल्लाका १० ठाउँमा सेन्सरयुक्त हात धुने धारासहितको पानी ट्याङ्की जडान गर्ने कार्य शुरु गरेको छ । कूल रु पाँच लाखको लागतमा एक हजार लिटरको पानी ट्याङ्की, पाइप, हातधुने झोल साबुन र सेन्सरयुक्त धारा जडान गरिएको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए ।

रेडक्रसले अहिलेसम्म भक्तपुरको दुई होल्डिङ सेन्टर, मध्यपुरथिमि नगरपालिकाको गेट अगाडि, मध्यपुरथिमि शङ्खधर चोक, आदर्श मावि लायकू, भक्तपुर नगरपालिकाको दूधपाटीस्थित बसपार्कमा जडान गरिएको उनले जानकारी दिए ।

केही दिनभित्रै बाँकी चार ठाउँमा पनि जडान गरिने बताउँदै उनले कोरोना सङ्क्रमण रोक्न सर्वसाधारणले कुनै पनि सामानलाई नछोई हात धुन सक्ने गरी व्यवस्थापन गरिएको सभापति थापाले जानकारी दिए।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ११ : ०९ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६