अमिताभ बच्चनले सेयर गरे प्रचण्ड गर्मीमा अभिनय गर्दाको अनुभव « Khabarhub

अमिताभ बच्चनले सेयर गरे प्रचण्ड गर्मीमा अभिनय गर्दाको अनुभव


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका पुराना हस्ती अमिताभ बच्चनले समाजिक सञ्जालमा हालै एक अनुभव सेयर गरेका छन् ।

सुजित सरकारको फिल्म गुलाबो सिताबोमा काम गर्दाको अनुभवलाई अभिताभले सेयर गरेका हुन् । उनले लखनऊको गर्मीमा गुलाबो सिताबोको सुटिङमा अत्यधिक प्रोस्थेटिक्स पहिरिएर अभिनय गरेको अनुभवलाई तस्वीरसहित शेयर गरेका हुन् ।

उनले सेयर गरेको तस्वीरमा लेखेको शब्दको नेपाली भाव यस्तो छ । यस तस्वीरमा जुन ड्रेस मैले पहिरिएको छु खासमा त्यो पछिल्तिरबाट खुल्ला छ । यो एक प्रकारको निर्देशकको इनपुट हो । किनकी लखनऊको ५० डिग्रीको उखरमाउलो गर्मीमा काम गर्दा मलाई बारम्बार कपडा बदल्नु पर्ने आवश्यक हुन्थ्यो । यस्तोमा प्रोस्थेटिक्स र कपालका साथ माथिबाट कपडा खोल्न मुस्किल हुन्थ्यो । जसका लागी ड्रेस वा कपडा बिना शीरको माध्यमबाट सिधै पछाडीबाट खोल्न सकिन्थ्यो ।

अमिताभका अनुसार यस फिल्मका लागी बिहानै तयार हुनुपर्दथ्यो । गर्मीले मेकअप उत्रिने जोखिम रहेकाले शरीरलाई चिसो बनाउन अत्यन्त आवश्यक हुन्थ्यो । गुलाबो सिताबोको प्रिमियर १२ जुनमा अमेजन प्राइम भिडियोबाट हुनेछ । फिल्ममा आयुष्मान खुराना, बिजय राज, बिजेन्द्र काला, नलिश निल, सुनिल बटोलिया, टिना भाटिया, सृष्टि श्रीवास्तव लगायतका कलाकार छन् ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ११ : ५६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार