अमिताभ बच्चनले सेयर गरे प्रचण्ड गर्मीमा अभिनय गर्दाको अनुभव « Khabarhub

अमिताभ बच्चनले सेयर गरे प्रचण्ड गर्मीमा अभिनय गर्दाको अनुभव


२७ जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका पुराना हस्ती अमिताभ बच्चनले समाजिक सञ्जालमा हालै एक अनुभव सेयर गरेका छन् ।

सुजित सरकारको फिल्म गुलाबो सिताबोमा काम गर्दाको अनुभवलाई अभिताभले सेयर गरेका हुन् । उनले लखनऊको गर्मीमा गुलाबो सिताबोको सुटिङमा अत्यधिक प्रोस्थेटिक्स पहिरिएर अभिनय गरेको अनुभवलाई तस्वीरसहित शेयर गरेका हुन् ।

उनले सेयर गरेको तस्वीरमा लेखेको शब्दको नेपाली भाव यस्तो छ । यस तस्वीरमा जुन ड्रेस मैले पहिरिएको छु खासमा त्यो पछिल्तिरबाट खुल्ला छ । यो एक प्रकारको निर्देशकको इनपुट हो । किनकी लखनऊको ५० डिग्रीको उखरमाउलो गर्मीमा काम गर्दा मलाई बारम्बार कपडा बदल्नु पर्ने आवश्यक हुन्थ्यो । यस्तोमा प्रोस्थेटिक्स र कपालका साथ माथिबाट कपडा खोल्न मुस्किल हुन्थ्यो । जसका लागी ड्रेस वा कपडा बिना शीरको माध्यमबाट सिधै पछाडीबाट खोल्न सकिन्थ्यो ।

अमिताभका अनुसार यस फिल्मका लागी बिहानै तयार हुनुपर्दथ्यो । गर्मीले मेकअप उत्रिने जोखिम रहेकाले शरीरलाई चिसो बनाउन अत्यन्त आवश्यक हुन्थ्यो । गुलाबो सिताबोको प्रिमियर १२ जुनमा अमेजन प्राइम भिडियोबाट हुनेछ । फिल्ममा आयुष्मान खुराना, बिजय राज, बिजेन्द्र काला, नलिश निल, सुनिल बटोलिया, टिना भाटिया, सृष्टि श्रीवास्तव लगायतका कलाकार छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ११ : ५६ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा