उपत्यकामा सवारी साधनको चाप बढ्यो, तेल खपतमा वृद्धि | Khabarhub Khabarhub

उपत्यकामा सवारी साधनको चाप बढ्यो, तेल खपतमा वृद्धि


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी लकडाउनकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ ।

लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका कारण सडकमा सवारी साधनको चाप बढेको हो ।

प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ । अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंक तथा उद्योग प्रतिष्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि संस्थाको परिचयपत्र बिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । सवारी साधनको चाप बढेसँगै पेट्रोल र डिजेलको खपतमा समेत वृद्धि भएको छ ।

नेपाल आयल निगम थानकोट डिपोका प्रमुख प्रदीप यादवका अनुसार अन्य दिनको तुलनामा पेट्रोल र डिजेलको खपतमा १०० किलोलिटरसम्म वृद्धि भएको छ । गत शुक्रबारसम्म दैनिक २०० किलोलिटर पेट्रोल र ४०० किलोलिटर डिजेलको खपत हुँदै आएकामा आइतबार २२६ किलोलिटर पेट्रोल र ५२९ किलोलिटर डिजेल खपत भएको छ । सोमबार २८८ किलोलिटर पेट्रोल र ४३७ किलोलिटर डिजेल खपत भएको सो डिपोले जनाएको छ ।

प्रमुख यादवका अुनसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५ प्रतिशत र डिजेल ७५ प्रतिशत मौज्दात रहेको छ । क्षमता हुँदाहुँदै पनि भारी मात्रामा तेल राख्न नमिल्ने कारण ट्याङ्करमा नै तेल राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अुनसार ८० ट्याङ्कर पेट्रोल र १२० ट्याङ्कर डिजेल डिपोमा राखिएको छ । लकडाउनभन्दा अघिसम्म उपत्यकामा मात्र दैनिक ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेलको खपत हुँदै आएको थियो ।

डिजेल खपतमा कमी एशोसिएसन

आइतबारदेखि निजी सवारी साधन सञ्चालन हुँदा पेट्रोलको खपतमा वृद्धि भएता पनि डिजेलको खपतमा कमी आएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ ।

पहिलाका तुलनामा पेट्रोलियम पदार्थको खपत केही मात्रामा वृद्धि भएता पनि डिजेल खपतमा कमी आएको एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए । उनले भने, “दुई पाङ्ग्रे निजी सवारी साधन सञ्चालनमा आउँदा पेट्रोलको खपतमा वृद्धि भएको हो । सार्वजनिक यातायात र उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ ।”

एशोसिएसनका अुनसार आइतबारदेखि काठमाडौँ उपत्यकामा पेट्रोलको खपतमा ३० प्रतिशतले वृद्धि भएको छ भने देशैभरमा पेट्रोलियम पदार्थको खपतमा ३३ प्रतिशतले वृद्धि भएको छ ।

नयाँ रिफ्युलर थप

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भर्न २७ हजार लिटर क्षमताका चार नयाँ रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्याङ्कर) थप गरेको छ । नयाँ ल्याइएको दुई रिफ्युलर सोमबार भैरहवा भन्सार कार्यालयमा जाँचपास भएको निगमले जनाएको छ ।

नयाँ खरिद गरिएको चार रिफ्युलरमध्येमा दुई रिफ्युलर लकडाउनअघि नै ल्याइएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ४ : ०९ बजे

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका