भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ « Khabarhub

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पीसीआर रिपोर्ट आज नेगेटिभ आएको छ ।

सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको थियो ।

सुत्केरी भएलगत्तै महिलालाई एक्कासि श्वास फेर्न गाह्रो भई शरीरमा अक्सिजनको मात्रा घटेपछि अधिकतम प्रयास गरे पनि बचाउन नसकिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताए ।

मृतक महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी, मृतकका परिवारलाई रिपोर्ट नआएसम्म अस्पतालको आइसोलेशनमा राखेको थियो ।

मृतक सुत्केरीमा कोरोना भाइरससँग मिल्ने लक्षणहरु देखिएकाले उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मी र मृतकका परिवारको पनि स्वाब सङ्कलन गरी पीसीआरका लागि पठाइएको उनले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आए पनि महिलामा कोरोना सङ्क्रमितसँग मिल्ने लक्षण देखिएकाले महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र मृतकका परिवारलाई भक्तपुरको खरिपाटीस्थित सरकारले तयार पारेको क्वारेन्टिनमा राखिएको प्रजिअ हुकमला पाण्डेले जानकारी दिइन ।

आइतबार रातिदेखि नै अस्पतालको सेवा बन्द भए पनि अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले आज दिउँसो ३ बजे मृतक महिलाको शव दाहसंस्कारका लागि पठाएपछि अस्पताललाई निर्मलीकरण गरेको बताए ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ९ : ०४ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार