कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको मेलबर्नमा ६ हप्ताको लकडाउन « Khabarhub

कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको मेलबर्नमा ६ हप्ताको लकडाउन


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा ६ हप्ता लकडाउन गरिएको छ ।

मेलबर्नमा तीन हफ्तादेखि लगातार कोरोना भाइरसको संक्रमण बढेपछि बुधबार मध्यरातदेखि दोस्रो पटक लकडाउन घोषणा गरिएको हो ।

भिक्टोरिया राज्यमा मंगलबार हालसम्मकै सबैभन्दा बढी १ सय ९१ जना कोरोना संक्रमित थपिएकोमा बुधबार १ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।

लकडाउन घोषणासँगै भिक्टोरिया राज्यमा बस्ने करिब ५० लाख मानिसहरू प्रभावित हुने जनाइएको छ ।

लकडाउनको अवधिमा मेलबर्नबासीहरू खानेकुरा किन्न, आवश्यक परेकाहरूको रेखदेख गर्न, व्यायाम गर्न र स्कुल अथवा काममा मात्र जान र आउन सक्नेछन् । त्यसैगरी रेस्टुरेन्ट र क्याफेहरूले ‘टेक अवे’ अर्थात् किनेर लाने मात्र व्यवस्था गर्न पाउनेछन् ।

बीबीसीका अनुसार अष्ट्रेलियामा बुधबारसम्म कोरोनाले १०६ जनाको मृत्यु भएको छ भने ९ हजार संक्रमित भएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ६ : १९ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण