सिन्धुपाल्चोक बाढी : २ जनाको शव फेला, १४ जना बेपत्ता « Khabarhub

सिन्धुपाल्चोक बाढी : २ जनाको शव फेला, १४ जना बेपत्ता


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- सिन्धुपाल्चोकको भोटेकोसी नदी लगायतका खेलामा आएको बाढीमा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्तीमा पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीमा परेका अझै १४ जना बेपत्ता छन् । दुईको शव फेला परेको प्रहरीले जनाएको छ ।

भोटेकोसीसँगै वरपरका खाेलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

त्यसैगरी भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको प्रहरीले जनाएको छ ।

बाढीले खागदलको पक्की पूल नै बगाएको छ । बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन ।

बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन् । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेकी छन् ।

सभामुख सापकोटा प्रभावित क्षेत्र जाँदै

सिन्धुपाल्चोकको बाह्रविसेमा आएको बाढी पहिरोले व्यापक क्षति गरेपछि उद्दारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल जान लागेका छन्।

हेलिकप्टर लिएर उद्दार गर्न सभामुख जान लागेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

‘अहिले हेलिकप्टर लिएर घटनास्थल जाने तयारीमा छौँ। तर,समय निश्चित भइसकेको छैन’ उनले भने। बाढी गएको क्षेत्र  सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ५१ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान