‘तेरे नाम’मा सलमान खानभन्दा पहिले रोजाइमा थिए यी अभिनेता « Khabarhub

‘तेरे नाम’मा सलमान खानभन्दा पहिले रोजाइमा थिए यी अभिनेता


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २००३ मा रिलिज भएको फिल्म ‘तेरे नाम’ बलिउडकै उत्कृष्ट लभस्टोरी फिल्ममध्ये एक हो । यो फिल्म तमिल फिल्म ‘सेतु’ को रिमेक हो । पहिले फिल्मको हिन्दी राइटस् रामगोपाल बर्माले खरिद गरेका थिए ।

यो फिल्मलाई बर्माले आफै बनाउन चाहन्थे तर हिन्दीमा पटकथा लेख्ने जिम्मा अनुराग कश्यपलाई दिइयो । अनुरागले फिल्मको कहानीमा यति चासो राखे कि, रामगोपालले उनलाई फिल्म निर्देशन गर्न पनि अफर गरे ।

अनुराग जिन्दगीमा पहिलोपटक कमर्सियल फिल्म निर्देशन गर्ने भएका कारण इच्छुक पनि देखिए र उत्साहित पनि भए । उनले फिल्मको कहानीको हिसाबले अनिल कपूरका भाइ सञ्जय कपूरलाई हिरो लिनेबारे निर्मातासँग छलफल गरे ।

फिल्मको प्री प्रोडक्सनको काम पनि शुरु भयो ।

यसैबीच रामगोपाल बर्माले यो फिल्म नबनाउने भए । फिल्ममा अर्का निर्माता आए । अर्का निर्माताले यो फिल्मलाई थप राम्रो बनाउने र सलमान खानलाई शीर्ष भूमिकामा खेलाउने प्रस्ताव ल्याए ।

अनुराग सलमानसँग काम पनि इच्छुक देखिए । अनुरागले सलमान खानसँग कुरा पनि गरे । हिरोमा आफूलाई ढाल्नलाई पनि भने । उनले सलमान खानलाई कस्तो पात्र चाहिएको हो भनेर बुझाउन खोजे ।

उनले सलमान खानको जिमवाला बडी नचल्ने र कपाल लामो हुनुपर्ने पनि भने । त्यतिबेला अनुरागको कुरा सलमानले सुने । तर, केही बोलेनन् ।

अर्को दिन अनुराग निर्माताको अफिस पुगे । तर, निर्माताले सलमानलाई भड्काउन खोजेको भन्दै अनुरागलाई निर्मातालाई उल्टो गाली गरे । अनुराग गाली खाएर फर्के ।

पछि थाहा भयो कि, निर्माताले निर्देशनको जिम्मेवारी सतीश कौशिकलाई दिएछन् ।

रिलिजपछि ‘तेरे नाम’ फिल्म सलमान खानको करिअरकै गेम चेन्जर फिल्म बन्यो । फिल्म खुब चल्यो । सलमान खानको यो कपालको स्टाइलको पनि नक्कल गरियो ।

अहिले सबाल उठ्ने गर्छ कि यदि त्यो फिल्ममा अनुराग कश्यप हुन्थे र सञ्जय कपूर हुन्थे भने फिल्म कस्तो बनेको हुन्थ्यो होला ?

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १२ : ३३ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ