अन्नपूर्ण गाउँपालिकाको कृषिमैत्रि कार्यक्रम- एक कृषक, एक दुहुनो गाईभैँसी « Khabarhub

अन्नपूर्ण गाउँपालिकाको कृषिमैत्रि कार्यक्रम- एक कृषक, एक दुहुनो गाईभैँसी


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकाले दूधलाई दैनिक आयआर्जनको माध्यम बनाउन ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।

कृषकलाई पशुपालनतर्फ आकर्षित गर्दै दुग्ध उत्पादनलाई दीगो तथा व्यवस्थित गराउन पशुधन बीमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

उनका अनुसार बहुवर्षे भुइँ घाँस, पोषिलो हिउँदे घाँस र बहुवर्र्षे डालेघाँसका बिरुवा लगाउने जस्ता कार्यक्रम सञ्चालन गरी कृषकको दुग्ध उत्पादन लागत घटाइनेछ । दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं विस्तार गर्ने नीति अङ्गीकार गरिने उनले जानकारी दिए ।

उनले व्यावसायिक पशुपालन, पशु बीमा, गोठ तथा भकारो सुधार उन्नत नश्लका गाई, भैँसी तथा बाच्छाबाच्छी तथा पाडापाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम अघि बढाइने बताए ।

दूध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमे जस्ता रैथाने जातका भैँसीपालन कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाइएको छ । व्यावसायिक पशुपालनमार्फत रोजगार सिर्जना गरी युवालाई गाउँभित्रै स्वरोजगार बनाउनका लागि प्रतिस्पर्धी अनुदान उपलब्ध गराई युवालक्षित पशुपालन कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कुँवरले बताए ।

पशुपालक कृषकमा सीप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजान कृषक समूह, समिति, सहकारी, गैरसहकारी संस्था र गाउँपालिकाबीच साझेदारीका साथ विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

उनका अनुसार व्यावसायिक पशुपालकलाई उत्प्रेरित गर्न विभिन्न तालिम तथा प्रोत्साहनका साथ दलित, जनजाति, महिला तथा विपन्न वर्गमा विशेष प्राथमिकता दिइ पशु विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  २ : ०१ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा