यी नायिकासँग गर्न लागेका थिए सलमान खानले बिहे, कार्ड छापिएपछि इन्कार « Khabarhub

यी नायिकासँग गर्न लागेका थिए सलमान खानले बिहे, कार्ड छापिएपछि इन्कार


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको बिहेले चर्चा कमाइरहन्छ । सलमानले किन बिहे गरिरहेका छैनन् भन्ने चर्चा पनि चलिरहन्छ ।

धेरै कमलाई मात्र थाहा छ, सलमान खानको एकपटक बिहे लगभग पक्का भइसकेको थियो । पछि उक्त बिहे रोकिएको थियो ।

सलमान खानले कलाकार तथा मोडल संगीता बिजलानीसँग बिहे गर्ने चर्चा थियो । सन् १९९४ को २७ मे मा सलमान र संगीताले बिहे गर्ने तय पनि भएको थियो । सलमानले नै यो मिति चुनेका थिए ।

सलमान र संगीताको भेट सन् १९८६ मा भएको थियो । यी दुईले लामो समय सँगै काम गरे । सन् १९९३ मा सलमान खानले आफूले बिहे गर्न चाहेको अन्तर्वार्ताका क्रममा खुलाएका पनि थिए ।

अर्को एक अन्तर्वार्तामा त सलमान खानले यो पनि खुलाएका थिए कि, संगीतासँग बिहे गर्नका लागि कार्ड पनि छापिएको थियो । तर, संगीताले उक्त बिहे गर्नमा इन्कार गरिन् ।

खासमा सलमानको परिवार पनि यो बिहेका लागि राजी थिए । तर, संगीताको परिवार खासै खुशी हुन सकेका थिएनन् ।

यो बिहे पनि त्यसै भाँडिएको थिएन । संगीतालाई सलमानको सोमी अलीसँग पनि अफेअर चलेको थाहा भयो । यो थाहा पाएपछि संगीताले बिहे इन्कार गरेकी थिइन् ।

त्यसपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा बिहे गरेकी थिइन् । अजहरुद्दीनले पहिले नै बिहे गरेका थिए । र, उनका दुई छोरा पनि थिए ।

संगीताका लागि अजहरकी पहिलो पत्नीले डिभोर्स दिएकी थिइन् । उनले आफ्नो नाम आयशा राखेकी थिइन् १४ वर्षपछि अर्थात् सन् २०१० मा यी दुईको पनि डिभोर्स भयो ।

संगीता पछिल्लो समय सिंगल नै बिताइरहेकी छिन् । उनी आफ्नो ब्लगमार्फत फ्यानसँग नजिक हुने गर्छिन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ५ : ०५ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ