काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना गरी जम्मा ४६४ जना संक्रमित थपिएका छन् ।
यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना कोरोना संक्रमित थपिएका थिए।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३३ हजार ८८२ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया