मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाईनलमा | Khabarhub Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाईनलमा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

शनिबार राति घरेलु मैदानमा क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजा सहित बार्सिलोना क्वाटरफाइलनमा प्रवेश गरेको हो ।

खेलको १०औं मिनेटमा क्लेमेन्ट लेन्गलेटको गोलमा अग्रता लिएको बार्साले २३औँ मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफको ईन्जुरी समय ४६औँ मिनेटमा सुआरेजले पेनाल्टीमार्फत बार्सिलोनालाई ३–० को अवस्थामा पुर्‍याए ।

पहिलो हाफको खेल सकिन अन्तिम मिनेट अर्थात ५०औँ मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए ।

त्यसपछि खेलमा कुनै पनि गोल भएन र बार्साले समग्रमा ४-२ को जीत निकाल्यो । नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वाटरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ । बायर्नले चेल्सीलाई समग्रमा ७-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

 

 

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ४२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र