मुलुकका अधिकांश स्थानमा रातिदेखि वर्षा, सतर्क रहन आह्वान « Khabarhub

मुलुकका अधिकांश स्थानमा रातिदेखि वर्षा, सतर्क रहन आह्वान

६ जिल्लामा भारी वर्षपछि एसएमएस अलर्ट


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै आइतबार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा वर्षा भइरहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबै प्रदेशहरुका केही स्थानहरुमा रातिदेखि नै वर्षा भईरहेको छ।

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भने भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले जारी गरेको सूचनाअनुसार कैलाली, कञ्चनपुर, बर्दिया, दार्चुला, बैतडी र डडेल्धुरा तथा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

कैलाली, कञ्चनपुर र बर्दियाका धेरैजसो स्थानमा रातिदेखि ‘अति भारी’ वर्षा भएपछि ती जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई राति २ बजे नै एसएमएसमार्फत सूचना पठाउँदै सतर्क रहन आह्वान गरिएको छ ।

केन्द्रका अनुसार कैलालीको टीकापुर र आसपास डुवानको उच्च जोखिममा परेको छ भने कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत नदीमा बाढीको जोखिम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर पूर्ण  बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, गण्डकी प्रदेश,  प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २  र बागमती प्रदेशका  एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

रातिदेखिको वर्षाको क्रम कम्तिमा भोलिसम्म कायमै रहने भएकाले  नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ३० बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री