आमाबुवा बन्नुपर्ने १० कारण | Khabarhub Khabarhub

आमाबुवा बन्नुपर्ने १० कारण


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अपवाद बाहेक हरेक विवाहित जोडी आमाबुवा बन्न चाहान्छन् । हरेक ब्यक्तिको जीवनमा सन्तानको विशेष महत्व हुने गर्दछ ।

सन्तान हुनु ब्यक्ति प्राकृतिक, मानसिक र ब्यवहारिक रुपले परिपक्क हुनु संकेतका रुपमा बुझिन्छ । तर कतिपय मानिसहरु बिहेपछि सन्तान जन्माउन चाहदैनन् ।

करियर, स्वतन्त्रता र घरब्यवहारमा फस्न नचाहाने भन्दै केहि दम्पती सन्तान जन्माउने चाहना मार्दछन् । तर हरेक मानिसको जीवनमा सन्तान अति महत्वपुर्ण हुन्छ । सन्तान हुनुको सकारात्मक पक्ष असीमित छन् । आज हामी यसबारे चर्चा गर्नेछौ ।

१. दम्पतीबीचको मायाको चिनोको रुपमा सन्तानलाई हेरिन्छ । यसले पतिपत्नीबीचको सम्बन्ध सन्तान हुनुपुर्व शिशु गर्भमा रहेदेखि बलियो पार्दछ । श्रीमानलाई श्रीमतीको सबैभन्दा माया लाग्ने समय यहि हो ।

२. एक बाबुलाई श्रीमती गर्भवती भएदेखि आफ्नो सन्तानबारे ब्यग्र प्रतिक्षा हुन्छ । यो प्रतिक्षा कुनै परीक्षा, सम्पती वा नोकरी पाउँदाभन्दा महत्वपुर्ण हुन्छ ।

३. सन्तानको आगमन पछि दम्पतीबीच थप आत्मियता बढ्ने गर्दछ । यसले सम्बन्ध थप प्रगाढ र मजबुत बनाउँछ ।

४. कुनै पनि महिलाका लागी उसले प्राप्त गरेको ठुलाठुला सफलताभन्दा आमा बनेको क्षण महत्वपुर्ण हुन्छ । नारीहरु आमा भएपछि मात्र आफूलाई पूर्ण ठान्छन् । यसका लागी ९ महिनासम्म गर्भधारण गर्नु, यस अवधीमा अनेकौं योजना र सपना बुन्नु यो भन्दा सुखद पल अर्काे हुन सक्दैन ।

५. सन्तानको आगमनसँगै परिवारमा आउने खुसी असिमित हुन्छ । एक आमा वा बुवाका लागी सन्तानको आगमन आनन्दित रहने गर्दछ ।

६. बच्चालाई भगवानको प्रतिक र आर्शिवाद मानिन्छ । उनीहरुमा जस्तो निश्चलता र सत्यता ठुला मानिसमा हुदैन । यहि कारणले हरेक अभिभावकका लागी सन्तान जीवन जिउने कारण बनिदिन्छन् ।

७. सन्तान भएपछि जस्तोसुकै विवादका बीचमा पनि परिवारलाई एकसुत्रमा बाध्ने काम गर्दछ । अझ जब बच्चा बोल्न, हिड्न वा हास्न थाल्दछ यसले परिवारबीचको मनमुटाव नष्ट पार्दछ ।

८. जब आफ्नो सन्तान हास्न थाल्दछ वा आफुसित आउन खोज्दछ त्यो पल मष्तिकमा रहेको जस्तो सुकै तनावपनि हराएर जान्छ । बच्चाको एक मुस्कानले तपाई सारा तनाव भुलाउन क्षमता राख्दछ ।

९. सन्तान भएपछि आफ्ना आमाबुवाले आफुलाई गरेको लगानी र प्रेमबारे जानकारी हुन्छ । यस अलावा आफ्नो बाल्यकालमा फर्काउन पनि सन्तान महत्वपुर्ण हुन्छन् ।

१०. सन्तान हुने अभिभावक आफुलाई कहिल्यै एक्लो महशुस गर्दैनन् । अझ आमाहरु जतिसुकै समस्या भएपनि आफ्नो कुविचारलाई सन्तान सम्झेर जीउने प्रयाश गर्दछन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : २१ बजे

मुल्तानी माटो एक, अनुहार, छाला र कपाललाई फाइदा अनेक

काठमाडौं– गर्मीयाममा पिम्पल, दाग, छालामा फुस्रो हुने, चिलाउने जस्ता समस्या

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

इटहरी– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी

नेप्से प्रमुखको अग्निपरीक्षा, पूरा होलात लगानीकर्ताको सपना ?

काठमाडौं– धेरै समयको रस्साकस्सीपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,