हात्तीले योगा गरेको भिडियो भाइरल « Khabarhub

हात्तीले योगा गरेको भिडियो भाइरल


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल सामाजिक सञ्जालमा वन्यजन्तुसँग् जोडिएका भिडियो र तस्बिरहरु निकै रुचाइन्छ । कहिलेकाहि जनावर वा पक्षिंको अनौठो ब्यवहारले निकै चर्चा पाउने गरेको छ । यस्तैमा आजकल एक हात्तीको भिडियो भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोमा एक हात्ती योगा गरेको देख्न सकिन्छ । एक विशाल हात्ती स्टन्ट झै योगा गर्दछ ।

हात्तीलाई योगा गराउन एक महिला हातमा छडी लिएर निर्देशन गर्दछिन् । सोहि निर्देशन बमोजिम हात्ती मज्जाले आफ्नो खुट्टालाई पालोपालो उठाउदै योग अभ्यास गर्दछ ।

उक्त भिडियोमा योगा गर्दै गरेको हात्ती अमेरीकाको कोलम्बस चिडियाखानाले आफ्नो फेसबुकमा शेयर गरेको छ ।

https://www.facebook.com/columbuszoo/videos/745154282999339/?t=6

हात्तीको भिडियोमा क्यासन राख्दै चिडियाखानाले लेखेको छ, हाम्रो हात्ती ब्यायाम कार्यक्रमले यो सुनिश्चित गर्न मद्दत गर्दछ कि हाम्रो झुण्डको प्रत्येक सदस्य स्वस्थ छन् । यस समय कोनी र हैंक नामका दुई हात्ती यसको पालना गर्दैछन् ।

कोनी ४५ बर्षिय वृद्ध हात्ती हो । दैनिक ब्यायाम अभ्यासका कारणले उसको मांसपेशि र जोर्नीको आकार ठीक रहने चिडियाखानाको दाबी छ ।

हैंक उक्त चिडियाखानाको सबैभन्दा ठुलो हात्ती हो । यसको वजन करिब ७ हजार किलोग्राम रहेको छ । स्वस्थ रहनका लागी उसलाई पनि योगा गराइदै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : २६ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ