गोंगबुमा विभत्स हत्या, सुटकेशमा टाउको बिनाको शव फेला « Khabarhub

गोंगबुमा विभत्स हत्या, सुटकेशमा टाउको बिनाको शव फेला


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोंगबुस्थित गणेशस्थानमा विभत्स हत्या भएको छ । हत्यापछि सुटकेशमा फालेको अवस्थामा शव फेला परेको छ ।

घटनाबारे प्रहरीले अहिले अनुसन्धान अघि बढाएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ ।

घटनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।

पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् । सो क्षेत्रमा अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ११ : २५ बजे

भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै

काठमाडौँ –  झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने

प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा रंगकर्मीहरूको रिट

काठमाडौँ – नाट्यकर्मीहरूको एक समूह सरकारविरुद्ध आन्दोलित भएको छ ।

कराते महासङ्घको अध्यक्षमा दोहोरिए लामा

भरतपुर – नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा

किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान

लमजुङ – राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५०

तरकारी र फलफूलको मूल्य आज कति ? 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका