भारतीय अभिनेता सञ्जय दत्तमा देखिएन कोरोना, छिट्टै डिस्चार्ज हुने « Khabarhub

भारतीय अभिनेता सञ्जय दत्तमा देखिएन कोरोना, छिट्टै डिस्चार्ज हुने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सञ्जय दत्त मुम्बईको एक अस्पतालमा भर्ना भएका छन् । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनलाई नियमित जाँचका क्रममा अस्पताल लगिएको बताइएको छ ।

अस्पतालमा उनको कोभिड–१९ परीक्षण गरिएको थियो । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सञ्जयले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै आफू ठीक भएको बताएका छन् । उनले आफू चिकित्सकीय निगरानीमा रहेको पनि बताएका छन् ।

सञ्जयलाई सोमवारसम्म डिस्चार्ज गर्न सकिने बताइएको छ । अस्पतालका एक अधिकारीले सञ्जयमा कोरोना संक्रमण नदेखिएको र सास फेर्न समस्या भए पनि उनी बिल्कुल ठीक भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको