वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि « Khabarhub

वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएका खबरहबलाई बताए ।

डा उपाध्यायका अनुसार उनी वीरगञ्जको छपकैया निवासी २० वर्षकी महिला हुन् । ती महिलालाई हिजो नारायाणी अस्पतालमा मृत अवस्थामै ल्याइएको थियो ।

उनको हिजो मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा पोजेटिभ आएको डा उपाध्यायले जानकारी दिए ।

‘हाम्रो अस्पतालमा हिजो दिउँसो मृत अवस्थामा ल्याइएको २० वर्षकी महिलाको कोरोना पुष्टि भएको छ,’ डा उपाध्यायले खबरहबसँग भने, ‘उहाँ शव अहिले हाम्रो अस्पतालमै छ ।’

डा उपाध्यायका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती मृत महिलासहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : २८ बजे

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव