वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि « Khabarhub

वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएका खबरहबलाई बताए ।

डा उपाध्यायका अनुसार उनी वीरगञ्जको छपकैया निवासी २० वर्षकी महिला हुन् । ती महिलालाई हिजो नारायाणी अस्पतालमा मृत अवस्थामै ल्याइएको थियो ।

उनको हिजो मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा पोजेटिभ आएको डा उपाध्यायले जानकारी दिए ।

‘हाम्रो अस्पतालमा हिजो दिउँसो मृत अवस्थामा ल्याइएको २० वर्षकी महिलाको कोरोना पुष्टि भएको छ,’ डा उपाध्यायले खबरहबसँग भने, ‘उहाँ शव अहिले हाम्रो अस्पतालमै छ ।’

डा उपाध्यायका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती मृत महिलासहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : २८ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६