किसानको तोरी सहकारीले किन्ने « Khabarhub

किसानको तोरी सहकारीले किन्ने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मेचीनगरको सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई तोरी खेतीका लागि अनुदान घोषणा गर्दै उत्पादन भएका किनिदिने भएको छ ।

सहकारीको शनिबारको साधारणसभाले स्थानीय किसानलाई तोरी खेतीप्रति आकर्षण गर्न प्रतिबिघा दुई हजार अनुदान दिने निर्णय गरेको संस्थाका अध्यक्ष शारदा शर्माले बताइन । संस्थाले तोरी तेल उद्योग नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

उनका अनुसार संस्थाले मेचीनगरका–९ देखि १५ सम्मका सबै तोरी किसानलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउने छ । यो अनुदान मल र बीउ किन्नका लागि दिइएको हो । मेचीनगर–१० स्थित सहकारीले स्थापनाकालदेखि नै तोरीको शुद्ध तेल आफैँले उत्पादन गरी सदस्यलाई सहुलियतमा बिक्री गर्दै आएको छ ।

विगत वर्षदेखि संस्थाले भाडामा जग्गा लिई तोरी खेतीसमेत गर्दै आएको छ । आव २०७६/०७७ मा रु एक करोड ४४ लाखको कारोवार गरेको संस्थाले यस वर्ष १२ बिघा जग्गा भाडामा लिएर आफैँ तोरी खेती गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : ४३ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६